काठमाडौं, बालागुरु षडानन्दलाई भोजपुर दिङ्लाकाले मात्रै होइन, मुलुकको शिक्षा क्षेत्रसम्बद्ध जोकोहीले सम्भिरहेका हुन्छन् । उनले जीवनका अन्तिम वर्षराजधानीमा बिताएका थिए भन्नेचाहि“ ती सबैलाई पनि जानकारी नहुन सक्छ । मुलुकमै पहिलो सामुदायिक विद्यालय खोल्ने आबाल ब्रह्मचारी षडानन्द अधिकारीले जीवनको उत्तर्रार्ध -सम्वत् १९६६-७३) टेकु पचलीमा बिताएका थिए ।
'त्यो इतिहास धूमिल मात्रै होइन,' पचलीभित्रको षडानन्द बसोबास थलोमा भेटिएका इतिहास अन्वेषक ज्ञानमणि नेपालले भने- 'अब त भग्नावशेषसरह छ ।' षडानन्द देशाटन गर्दै पचलीघाटको बमवीर विकटेश्वर शिवालय परिसरमा करिब १ सय ४० वर्षघि निर्मित घरमा बसेका थिए जुन यस बेला खण्डहर-रूपमा छ ।
'यो सम्पदाको मर्मतसम्भारका लागि हामी गुठी संस्थानमा पनि पुग्यौं,' बमवीर विकटेश्वर गुठी अध्यक्ष राजविक्रम राणा
-बमविक्रमका छैटौं सन्तान) ले भने- 'गुठीले पुरानो सम्पदा नहराओस् भनेर घरका झ्यालढोका भत्काएर राख्न सुझायो ।' षडानन्द सम्बन्धी लिखत र उनले संकलन गरेका ऐतिहासिक सामग्री पनि गुठीले बचाएर राखेको छ । तिनको संरक्षण, अध्ययन र अनुसन्धानमा भने गुठी संस्थान/अभिलेखालय कसैले वास्ता नगरेको उनको भनाइ छ । अधिकांश सामग्री दिङ्लास्थित षडानन्द गुठी लगिएका छन् । पचलीमै भेटिएको अभिलेखअनुसार षडानन्दका नाममा काठमाडौंमा केही जग्गासमेत थियो ।
'शिक्षा र ज्ञानका ती सिद्धपुरुषका नाममा सरकारले कुनै अध्ययन प्रतिष्ठान बनाउने र यो गृहलाई संरक्षण दिने काम हुनुपर्यो,' शिक्षाविद् डा. हेमाङ्गराज अधिकारीले भने- 'नेपालमा पहिलोपटक सामुदायिक विद्यालयको अवधारणा ल्याउने षडानन्द शिक्षा जगतका निम्ति उदाहरणीय छन् ।'
इतिहासमा पहिलोपटक राजधानीमा इतिहासविद् नेपालको अगुवाइमा गत मंसिर शुक्ल पञ्चमीमा षडानन्दको १७३ औं जन्मजयन्ती मनाइएको थियो ।