रात भरि सधैं सधैं भुकिरहन्छ कुकूर यंहा
रोकिदैनन् चोरी दैलो कूर्नु मात्र किन पर्यो
बल्छ आगो हावा लाग्दा छुदा त्यस्ले पोल्छ पनि
निभोस झट् लौ भनी फुक्नू मात्र किन पर्यो
झर्छ ओइल्याउछ फूल एक चोटी फक्रे पछि
रूखो बतासमा नाक थुन्नू मात्र किन पर्यो
प्राण बायु एक मुठी फोक्सो ले तानेजति
कसै को साहारा ब्यर्थै खोज्नू मात्र किन पर्यो
आँखा बिच उर्लैकै हो गण्डकी र कोशी पनि
चोइटिदैनन् ढुँगा आफै बग्नू मात्र किन पर्यो
Amrit kafle
|