नेपाली साहित्यिक समाज ::.. Nepali Literature..:: - आफै बाट हेरिएर
   
अन्य कविताहरु का शिर्षक
  साहित्य चौतारी
  म सम्झन्छु
  About Webmaster
 
  भुतहरू
  ठिक गर्‍यौ
  रात भरि
  मान्छे
  डढेलोको मुना
  समयका चोट
  हराएको जुन
  अब बिर्सिदेऊ
  "शहरमा टायर बल्दा"
  सर्प र मान्छे को डसाई
  आफै बाट हेरिएर
  छलाएर भाग्यौ
  मलाई ई-मेल गर्नुस्
  प्रतिक्रिया दिनुहोस
  आगन्तुक गणना

तिम्रो लागि लेखिएका होइनन् यी शब्दहरु

तिम्रो लागि होइनन् बोलिएका यी लवजहरु

तिम्रो र मेरो नता कहां प्रस्ट्याउन सकेकाछौ र?

कसरी कुन अनुपातमा मिसिदैं गयौ र

हामी भवनाको सागरमा,

 

हिसाब किताबका सूत्रहरु म सक्दिन पहिल्याउन

तिमी हिड्यौ पदचाप पछ्याउदै वा

म साटिए तिम्रा पाइलाहरुमा

भन्न सक्दिन म, तर समयका

हिजोहरुमा आपसमा तरङ्गित भएझै

अनुभूतिको सानो अशं दुखिरहन्छ

मनभित्र,

 

अब पनि किन पल्टाउनु छ र

नीरस इतिहांसमा पानाहरु

बिगत केस्रा-केस्रा केलाएर किन

डाक्नु छ र चिसा रातीहरु,

तिमी जाऊ जादैं गर जहां तिम्रा मन

हरु मन सगं बात मारुन्

आफै भित्र गोता लगाइ आफैलाइ

बल्छि मा पारुन्

 

रोकुन्, छेकुन् आफैलाई कुना कुना

लखेटेर, अटेसमटेस भएर नपोखी

खादिंएर रहुन्, जमीरहुन्, अतालिएर

पग्लिनु, बग्नु, खोल्सो खोल्सि भरिएर

 

तिमीमा म हुनु कुनै हुनु होइन

ममा तिमी नहुनु कुनै नहुनु होइन

फगत जिवन हो ; मात्र बाच्नु हो आफुमा

आफु भएर, आफुमा आफु बेरिएर, आफुमा

आफै साटिएर, तिमी भएर होइन,

तिमी देखिएर होइन, तिमीबाट हेरिएर होइन

आफुमा आफै देखिएर, आफै बाट हेरिएर !

 
   
There have been 12440 visitors (20772 hits) on this page!

संचालक द्वय अम्रित काफ्ले र चन्द्रमणि काफ्ले

This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free