शहरका घर हरु काला भए
आकाश मा ध्वांसा उडे
सडकहरु मैलिए
किनकी
हेपाई भयो
चेपाई भयो
भाउ बढ्यो
आन्दोलन उर्ल्यो
परिणाम ?
स्वच्छ छवी का हरु बिटुलिए
साधुका धोती हरु मैलिए
गोराहुं भन्ने हरु काला भए
पाठशाला हरु रित्तिए
तर पनि
म खुशी छु
जाडो हटाउनै भयपनि
सडक तताउनै पर्छ
टायर बाल्नै पर्छ |
©chandramani
संचालक द्वय अम्रित काफ्ले र चन्द्रमणि काफ्ले