बोलाई आफ्नै आफै भित्र प्रतिध्वनित हुन्छ
हस्याङ फस्याङ आफैमा जमेर ठोस हुन्छ
पखलिन चाहान्थें म धोइएर छताछुल्ल
अगाल्दै बर्षातलाई ओठ हासोस् बल्लतल्ल
चाहाना खरबारी सल्किएको आगो हुन्छ
दोबाटोमा वसन्तले थमाएको एउटा फूल
मनमा राख्छु भन्दैथिए कहां भयो कस्तो भुल
मिठो सुवास औंसीमा हराएको जुन हुन्छ
संचालक द्वय अम्रित काफ्ले र चन्द्रमणि काफ्ले