जे गर्यौ तिमीले एकदम ठिक गर्यौ
मायाको बदला प्यालामा बिष भर्यौ
रोकिएका श्वासहरु खोसिएका साथहरु
चुँडालेर मुटू तिमीले बहुत टिठ गर्यौ
जिउनु किन ओइलिएर सुक्नु किन सेकिएर
झोसिदेर आगो तिमीले गजब हित गर्यौ
रुझेका वर्षातहरु रोइरहे सांझ भरी
पोखेर मुस्कान ओठमा तिमीले प्रित गर्यौ
बेदनाको रापमा मनहरु पिल्सिरंदा
छोपेर मुख तिमी ले खितखित गर्यौ
यस्तै रह्यो यस्तै भयो गुनासो छैन केहि
ओढेर एक्लै वसन्त तिमीले जित गर्यौ
Amrit kafle wrote series
|