डढेलोको मुना भई फगत बाच्छु जिन्दगी
किलकिलेमा डोरी कसी फगत साच्छु जिन्दगी
रुनलाइ आंशु छैन बेथितीको आहालमा
अभावमा दलाल बीच फगत बेच्छु जिन्दगी
यता दुख्छ उता दुख्छ दुखाइ नै मनभरी
घाउलाई पिल्याएर फगत निचोर्छु जिन्दगी
कुदें म त धेरै कुदें दौड जित्छु भनीकन
समयले छिड्की हान्यो फगत भाच्छु जिन्दगी
देउतालाई पुकार गरें, हाकिमलाइ सलाम गरें
रछानमा पोखिएको फगत सोर्छु जिन्दगी
This gazal by Amrit kafle
|