बिर्सन त म पनि सक्छु तिमीले जस्तै,
सम्झनलाई भाच्न सक्छु तिमीले जस्तै
तर मन छ कोमल मनलाई फूल पनि घोच्छ,
नरम रुवा पनि पारो सरी भारी हुन्छ,,
मान्छे को हो घिनलाग्दो आफैसगं सोध
व्यथित भावका खातामा आफ्नो कथा खोज
कथा के हो ब्यथा के हो मनै भित्र फूल्छ
संधारमा पाइला राख ढोका आफै खुल्छ
रिस थिएन घृणा थिएन उन्माद थियो केही
आग्रहका बाछीटामा रुझाई थियो केही
स्मृतीमा संगालेका पल आखां बाट बग्छ
समयले चोट लगाई पिडा थमाई जान्छ

|